‘गरि खान देऊ’ लेखिएको पोस्टर टाँस्न खोज्ने व्यक्ति रिहा

17

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ ।

शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘आफन्तको जिम्मा लगाएर आज छाडेका छौं,’ परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी गराए ।

उनीसहितका व्यक्तिले ‘गरि खान देऊ’ लेखिएको पोस्टर प्रधानमन्त्री निवास अगाडिको गेटमा टाँसको प्रहरीको धारणा  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here