भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ? भन्दै शान्ति समाजको प्रदर्शन

27

काठमाडाैं । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्वर मंसिर २३ गतेका दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, शिर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो, भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ?, नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन?, सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर “भन्दै काठमाडौं, रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सा, गरी १७ जिल्लामा मंसिर २३ गते  प्रदर्शन भएको हो ।

यसै क्रममा शान्ति समाज काठमाडौं शाखाद्वारा दिउँसो १ बजेदेखी  माइतिघर मण्डलामा १ घण्टासम्म भएको प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिवाकर पुुडासैनी, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम र मणिराम दाहाल, काठमाडौं शाखा सभापति बिकास थापा,  कोषाध्यक्ष नवराज चपागाई, पुर्व सभापति ईश्वर पूडासैनी, शाखा कार्यसमिति सदस्यहरु रिता अधिकारी, सरस्वती गुरागाई, सिता घिमिरे, नरेन्द्र श्रेष्ठ, परशुराम आचार्य, लतिलपुर शाखा सभापति बाबुराम न्यौपाने, आजीवन सदस्यहरु जयराम पुुडासैनी, मनबहादुुर थापा, तुलसीराम भण्डारी, राजकुमार श्रेष्ठ लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।

यसैगरी ७७ औ मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले मंसिर १७ देखी २३ सम्म अपाङता भएका व्यक्तिको अधिकार देखी जलवायु न्याय सम्म केन्द्रित रही सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here