एमाले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक

26

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।

दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

यस्तो बन्यो टिम :

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष

विष्णु पौडेल

रामबहादुर थापा

पृथ्वीसुब्बा गुरुङ

रघुजी पन्त

गोकर्ण विष्ट

महासचिव

शंकर पोखरेल

उपमहासचिव

रघुवीर महासेठ

लेखराज भट्ट

योगेश भट्टराई

सचिव

छविलाल विश्वकर्मा

भानुभक्त ढकाल

पद्मा अर्याल

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

शेरधन राई

हिक्मत कार्की

महेश बस्नेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here