काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका केही ‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० भन्दा बढी ‘जेनजी’लाई नियन्त्रणमा लिई गाडीमा राखेर प्रहरीले लिएर गएको छ ।
केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो । सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिराज, डा. निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले यसअघि पनि नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले लैजान खोजेको थियो । तर, उनीहरूले प्रहरीको गाडीमा बस्न मानेनन् । भीडले नाराबाजी गर्यो । त्यसपछि प्रहरीले उनीहरूलाई तत्कालै छाडेको थियो । पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।
मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।


















