महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक

17

काठमाडाैं । आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ।

साे तालिका अनुरूप नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने  नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध भेट पक्का गरेकाे छ ।

समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे  र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग वाम अप खेल खेल्ने भएकाे छ।

छनोट खेलमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

समूह ए :  बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया, अमेरिका
समूह बी : स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल

वम अफ खेल
नेपाल भर्सेस आयरल्यान्ड – तल्लो मुलपानी क्रिकेट मैदान – पुस ३०
नेपाल भर्सेस अमेरिका – त्रिवि क्रिकेट मैदान – माघ २

नेपालको खेल
नेपाल भर्सेस थाइल्यान्ड – माथिल्लो मुलपानी मैदान – माघ ४
नेपाल भर्सेस नेदरल्यान्ड्स -माथिल्लो मुलपानी मैदान – माघ ८
नेपाल भर्सेस जिम्बावे – त्रिवि मैदान – माघ १०
नेपाल भर्सेस स्कटल्यान्ड – त्रिवि मैदान – माघ १२

91c0c0de-9b33-4c1e-b6e4-bf6184fb06f0-1766476647.jpg

26188cfa-d554-4179-9701-8535879540c8-1766476647.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here