नेपाली महिला भारतमा पक्राउ

11

काठमाडौं । भारतीय प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । उनलाई सुनौली नाकाबाट भारत प्रवेश गरेको अवस्थामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी महिलाको नाम शर्मिला लामा रहेको बताइएको छ । उनी काभ्रेपलाञ्चोक जिल्ला निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार सुनौली नाकाबाट भारत प्रवेश गरेकी उनलाई शंका लागेर अध्यागमन र प्रहरी टोलीले सोधपुछ गरेपछि अवैध दस्तावेजका आधारमा गिरफ्तार गरिएको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार शर्मिलाले भारतीय नक्कली दस्तावेज बनाएको पाइएको छ । घरेलु कामदारका रूपमा हङकङ जानका लागि उनले भारतीय नक्कली दस्तावेज बनाएको पाइएको हो । उनको साथबाट नेपाली नागरिकताको स्वप्रमाणित प्रतिलिपिसमेत बरामद भएको छ ।
नक्कली विवरणसहित भारतीय राहदानी, आधार कार्ड बनाएर किर्ते गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here