काठमाडौं । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडिया बस्ने ७९ वर्षीय रामपत यादवको घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पाँचथर, फिदिम नगरपालिका-१ मेनलाईनस्थित सोही नगरपालिका-२ बस्ने केशव पौडेलले संचालन गरेको न्यू मिनि स्टार कम्प्युटर इन्सिच्युटमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















