सर्वोच्च अदालतमा खाेला मापदण्डकाे पेसी

17

काठमाडौं । पुस २४ गते सर्वोच्च अदालतमा खाेला मापदण्डकाे पेसी रहेकाे छ।

साे अवसरमा खोला मापदण्डका कारण प्रभावित नागरिकहरूले आफ्नो भूमि, अस्तित्व, इतिहास र संस्कृति संरक्षणको माग गर्दै राज्यका जिम्मेवार निकायहरुकाे ध्यानाकर्षण गर्ने उदेश्यले आज बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गर्ने भएका छन्।

मानव सभ्यता जगेर्ना गर्न, ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन, आफ्नो घर–जग्गा र अस्तित्व सुरक्षित राख्न तथा भावी पुस्तालाई आफूले आर्जन गरेको सम्पत्ति सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिनु परेको खोला मापदण्ड पीडित संघर्ष समितिले जनाएको छ। साथै, आफ्ना बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि यो संघर्ष अपरिहार्य भएको समितिको भनाई छ।

समितिका अनुसार आज २०८२ पुस २४ गते बिहीबार बिहान ९:३० बजे टेकुको रुद्रविनायक मन्दिर परिसर नजिक रहेको कनक पेट्रोल पम्प क्षेत्रबाट सहभागीहरू भेला भई ‘फिब्व ख्यः–माइतीघर मण्डला’सम्म बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन गरिनेछ।
खोला मापदण्डका नाममा नागरिकको भूमि अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै त्यसको विरोधमा सम्पूर्ण पीडित नागरिकहरूलाई प्रदर्शनमा सक्रिय सहभागिता जनाउन खोला मापदण्ड पीडित संघर्ष समितिले जोडदार आह्वान गरेको छ।

प्रशान्त डंगाेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here