नेपाल बंगलादेशसँग ३–० ले पराजित

10

काठमाडौं ।  साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो।

बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले गोल गरे। नेपाललाई हराउँदै बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघिको ३ खेलमा नेपालले १ जित, १ हार र एक खेलमा अंक बाँडेको नेपालले ४ अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here