बहुमतका ललितपुर जिल्ला इन्चार्ज कांग्रेसमा प्रवेश

15

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको जनाइएको छ ।

उपसभापतिको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन गरेर नयाँ दृष्टि र नयाँ नेतृत्वसहित कांग्रेस अगाडि आएका कारण पार्टीमा प्रवेश गरेको सिलवालले कार्यक्रममा जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here