नेपालले चैतमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै

28

काठमाडौं । नेपालले आगामी चैतमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल घरेलु मैदान दशरथ रंगशालामा हुने जानकारी दिएको हो ।

फिफा विन्डो अन्तर्गतको खेल १२ चैतमा हुनेछ । यी दुई टोली तेस्रोपल्ट भिड्न लागेका हुन् । यसअघि भएका दुवै खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here