युद्धको प्रभाव एसियाली बजारसम्म फैलिँदै

10

एजेन्सी ।इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा सोमबार मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् ।

नयाँ सर्वोच्च नेताको चयनपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ भने इजरायलले पनि इरान तथा लेबनानमा नयाँ सैन्य कारबाही अघि बढाएको जनाएको छ। युद्धको प्रभाव खाडी क्षेत्रदेखि एसियाली बजारसम्म फैलिँदै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध कहिले अन्त्य गर्ने भन्ने विषय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको ‘आपसी’ समझदारीबाट तय हुने बताए।

ट्रम्पले अन्तिम निर्णय भने वासिङ्टनले गर्ने स्पष्ट पारे। युद्ध अन्त्यको समयबारे सोध्दा उनले आफूले ‘उचित समयमा निर्णय गर्ने’ बताउँदै त्यसअघि सबै पक्षलाई ध्यानमा राखिने उल्लेख गरे। अमेरिकी र इजरायली अधिकारीहरूले आक्रमणको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु भएको र यसले इरानमा शासन परिवर्तनको सम्भावना समेत सिर्जना गर्न सक्ने आशा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here