काठमाडौं । बैतडी, सूर्नया गाउँपालिका-२ धनाडी बस्ने ४० वर्षीय भरत बिष्टको नरदेव पोल्टी फर्ममा सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-६ अन्डीपटी टोल बस्ने ५१ वर्षीय ब्रहमदेव मण्डलको घरमा गएराति आगलागी हुँदा करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
(समाप्त)


















