प्रशान्त डंगाेल
काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित धार्मिक, सांस्कृति, प्राचीन, एवम् ऐतिहासिक शहरकाे नाम हाे टाेखा।
नेपाल मात्र नभई विश्वभर आफ्नो प्राचीन वास्तुकला, सांस्कृति, सम्पदाका, तिर्थस्थल,धार्मिक स्थलकाे रुपमा प्रख्यात रहेकाे छ ।
टाेखा लिच्छविकाल ५१९ भन्दा अघिनै व्यवस्थि तवरले मानव वसाेवास सुरु गरेकाे ऐतिहासिक शहर भनेर टाेखा भिमलमा रहेकाे ब्राम्हिलिपिकाे शिलालेखले बताउँछ ।
नेपालभाषामा ‘तु’ को अर्थ उखु र ‘ख्य:’ को अर्थ खुल्ला क्षेत्र अर्थात उखु राेप्ने ठाउँ हाे। टाेखाकाे व्यवस्थित वासस्थानकाे सुरुवात ज्यापू जातिले गरेकाे इतिहासविद्हरुले अौंल्यायका छन्। टोखाको वास्तुकलामा प्राचीनकालिन, मध्यकालीन, मल्लकालीन शैली र नेवा: सभ्यताको अनुपम मिश्रण पाइन्छ।

टोखाको वास्तुकलाको अनुसन्धानात्मक विश्लेषण निम्न मुख्य पक्षहरूमा आधारित छ:।
१. बस्तीको बनावट र योजना (Settlement Planning)
टाेखा इतिहासकालकाे चर्चा गर्ने हाे भने यसकाे पूर्वमा साँखु, पश्चिममा गल्छि, उत्तरमा नुवाकोट दक्षिणमा शंखमुलसम्म फैलिएको “चारसय टाेखा सात साय फेरा ” उक्तिले दर्शाउछ। यस उक्तिले एकताका टाेखा राज्य रहेकाे प्रमाणित गर्छ । पाटन स्थानमा अवस्थित टाेखा राज्यकाे वरिपरि यस राज्य सुरक्षाकाे लागी टाेखाकाे चारैतिर गुल्म स्थापना गरेकाे अवशेष आजपनि विभित्र स्थानमा देख्न पाइन्छ। प्राचीन समयमा सुरक्षाको दृष्टिकोणले बस्तीलाई पाटन क्षेत्रमा बसालि र विभिन्न तहका सुरक्षा गुल्मकाे घेराभित्र राखिएको पाइन्छ।
• सडक र गल्ली: टाेखा बस्ति भित्रका बाटाहरू ३३ फिट देखि ९ फिटसम्म फराकिला रहेका छन्।यहाँका प्रत्येक घरहरूलाई बाटाेले जाेडिएका छन्।
• बाटाे नभएको भित्रि कत्ताकाेलागी अगाडि कित्ताकाे छेँदिबाट निशुल्क (लछिरि) बाटाे दिने भाइचारा टाेखामा अझै जिवित रहेकाे छ।
• प्रत्येक घरकाे लागी प्रकाश, वायु, पानीको व्यवस्थापन गर्न ठाउँ ठाउँमा चुक:, बहा:, बहि, ननीकाे व्यवस्था गरेकाे छ। यो संरचनाले जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्छ।
• चोक र ननी: धेरै घरहरूको बीचमा साझा चोक (Nani) हुन्छन्, जहाँ धार्मिक र सामाजिक कार्यहरू गरिन्छ। यो सामूहिक जीवनशैलीको वास्तुकलाको नमुना हो।
• दबू : टाेखामा थनेलाछि दबू र क्वने लाछि दबू गरि दुईवटा ऐतिहासिक दबू रहेका छन्। जुन दबूमा विभिन्न देव, देवीकाे नाच नचाउने गरिन्छ।
• त्वल: त्वलमा ढुङ्गा, इत्ता बिछ्याउने गरेकाछन्।हाल दुबै ढुङ्गा र इत्तालाई मिस्रण गरि प्रयाेग गर्ने परिपाटी टाेखामा पाइन्छ।
२. आवासीय वास्तुकला (Residential Architecture)
यहाँका परम्परागत घरहरूमा स्थानीय सामग्रीको उच्च प्रयोग देखिन्छ:
. कचि अप्पा : टाेखाकाे प्रय छेँ, ग्वा:, बल्चा, फल्चा कचि अप्पाले बनाएको हुन्छ।
बु अप्पा: मध्यकालमा आएर बल्ल टाेखाकाे घर निर्माणमा “बू ” अप्पाकाे प्रयाेग गर्ने परम्परा सुरु भएको हाे।
• दछि आप्पा (Dachhi Appa): घरको बाहिरी भागमा चिल्लो र रातो इँटाको प्रयोग गरिएको हुन्छ।
• काष्ठकला(Woodwork): झ्याल, ढोका र टुँडालहरूमा भगवानका बुट्टा र कलात्मक बुट्टाहरू कुँदिएका हुन्छन्। विशेषगरी ‘सँझ्या’ (Sanjhya) अर्थात् कलात्मक आँखीझ्याल टोखाका घरहरूको विशेषता हो।
• मृतिका कला: टाेखामा माटाेका विभिन्न भाडाकुडा देखी देवी देवीकाे कलात्मक मुर्ति पुजा गर्ने समिस्रण पाइन्छ ।
• छाना: टाेखाकाे घर निर्माणमा ऐतिहासिक काल देखि आजकाे दिनसम्म आइपुग्दा सखि घ्येँ> पराल> छ्वाली>स्लेत ढुङ्गा >आयपा> ताआयपा परम्परागत रूपमा प्रयोग गर्दै आएकाे देख्न पाइन्छ। जसले वर्षाको पानी व्यवस्थापन र तापक्रम सन्तुलनमा मद्दत गर्छ।
३. धार्मिक तथा सार्वजनिक वास्तुकला (Religious & Public Architecture)
टोखाको पहिचान यहाँका मन्दिर, सत्तल, फले, हिती, ज:धुँ, तुँ, ढुङ्गाकाे पानी त्याकि, पुखु, बुगाय्, आय्ग: हरूले दिएका छन्:
• मन्दिरहरु
: टोखा महत्त्वपूर्ण धार्मिक स्थल हो। यसको नेपाली शैली (Nepali Style) को निर्माण, स्लेतढुङ्गा, झिंगति छाना र वरिपरिको खुल्ला क्षेत्रले मिस्रीत किरात, लिच्छवि र मल्लकालीन वास्तुकलाको जीवन्त रूप प्रस्तुत गर्छ।
• फल्चा (Pali/Sattal): बाटोको छेउमा यात्रुहरू बस्न र भजनकीर्तन गर्न बनाइएका खुला पाटी वा फल्चाहरू यहाँ प्रशस्त छन्। यी संरचनाहरू ढुङ्गा र काठको संयोजनमा बनेका हुन्छन्।
• हिटी (Stone Spouts): प्राचीन खानेपानी प्रणालीको रूपमा रहेका जधुँ हिटी, बुगाय्,आय्ग:, गा:हितिकाे पानी रिचार्ज गर्ने प्रविधि, पुखु, विभिन्न किसिमका ढुङ्गेधारा (Hiti) हरूको वास्तुकला पनि उत्तिकै जटिल र कलात्मक छ।
४. वर्तमान अवस्था र चुनौती
आजको समयमा आधुनिक कङ्क्रिटका भवनहरूले परम्परागत वास्तुकलालाई विस्थापित गरिरहेकाे अनुसन्धानले देखाउँछ कि:
• स्थानीय सामग्रीको सट्टा सिमेन्ट, रड, आल्मुनियम , स्तिल, प्लास्टिक, फाइबर, को प्रयोग बढ्दो छ।
• प्राचीन सम्पदाहरूको संरक्षणमा केही प्रयासहरू भए पनि निजी घरहरूको मौलिकता हराउँदै गएको छ।
निष्कर्ष:
टोखाको वास्तुकला केवल माटाे, ईंटा, ढुङ्गा र काठको संरचना मात्र होइन, यो यहाँको इतिहास, धर्म र समाजको प्रतिबिम्ब हो। यसको संरक्षणले नेपालको प्राचीन सहरी विकासको अध्ययनमा ठूलो मद्दत पुर्याउँछ।

















