सवारी दुर्घटनामा पाँच जनाको  मृत्यु

7

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही महानगरपालिका-२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय बिदुर गुरूङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको अल्का-२ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, एकडारा गाउँपालिका-५ स्थित सडकमा हाल नम्बर नखुलेको २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका-३ बस्ने अभिषेक मण्डल, जलेश्वर नगरपालिका-६ बस्ने अन्दाजी १९ वर्षीय रबि दास र अन्दाजी २० वर्षीय सुभाष दासको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मध्ये २ जनाको रामजानकी अस्पताल जनकपुर र १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनामा २ वटै मोटरसाइकलमा आगलागी समेत हुँदा मोटरसाइकलहरू पूर्णरूपमा जलेर नष्ट भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here