प्रधानमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

12

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट मार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन रहेको र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ।

त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ।

बालेनले श्रीमती सविनासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन्। सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरेका छन्।

उनले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र एक्समा भएको फलोअर संख्या समेत देखाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here