विद्युतीय सवारी साधनलाई कर छुट

83

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ ।

विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, “यसपालि विद्युतीय सवारी साधनमा निकै सहज हुनेगरी सरकारले दिनसक्ने जति सुविधा दिएको छ । अब कार्यान्वयन पक्ष राम्रो हुनुपर्छ ।”

बजेटमा काठमाडौं उपत्यकाभन्दा बाहिर बुटवल, पोखरा, चितवन, विराटनगर, इटहरी, कोहलपुरलगायतका प्रमुख सहरमा पनि विद्युतीय बस सञ्चालन गरिने नीतिगत व्यवस्था गरिएको छ ।

अध्यक्ष थापाले भने, “आवश्यक राहत सहुलियतको व्यवस्था भएको छ । कर छुट भएको छ, पहिला २६ लाख पर्ने कार अब १८ लाख रुपियाँसम्ममा पाउन सकिन्छध्र” चार्जिङ स्टेसन निर्माणको थालनी, चार्जिङ शुल्क निर्धारण गरी पूर्वाधारका काम पनि सुरु भएकाले आगामी वर्षमा विद्युतीय सवारी साधनको सङ्ख्या निश्चित बढ्ने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here