प्रचण्डले ओलीलाई अस्पताल पुगेर भेट्याे

9

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अस्पताल पुगेर भेटेका छन् ।

एमाले नेता पद्यमा अर्यालका अनुसार प्रचण्ड बिहीबार साँझ ५ बजे टिचिङ अस्पतालमा पुगेर ओलीसँग ३० मिनेट भेट गरेका हुन् ।

भेटमा पत्थरीको अपरेसनपछि आराम गरिरहेका ओलीलाई स्वास्थ्य लाभका कामना गरेर प्रचण्ड फर्किएको बताइएको छ ।

नेकपा र एमालेका शीर्ष नेताहरूबिच अनौपचारिक संवादपछि प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेको नेकपाका एक शीर्ष नेताले जनाए ।

उनका अनुसार केही दिन देखि दुवै तर्फका शीर्ष नेताहरू संवादमा थिए । ओली र प्रचण्डको भेट औपचारिकताका लागि मात्रै नभएको बताइएको छ ।

‘एमालेका साथीहरूसँग पनि संवाद भइरहेको थियो, सोही अनुसार नेकपा भित्र पनि धेरै छलफल गरेर नै ओलीलाई संयोजक ज्यूले नै भेट्ने कुरा भएको हो, थप कुराकानी कसरी अघि बढाउने भन्ने विषय अब तय होला’, नेकपा नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here