आइसीसी विश्वकप लिग २ खेल्न नेपाली टोलीको घोषणा

17

काठमाडाैं । आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा विनोद भण्डारीले कमब्याक गरेका छन् भने अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन्। दुबैले जारी प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्। यस्तै, हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएको छ।

नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ ।

whatsapp-image-2026-04-18-at-11.26.30_gVORNdkLnM-1776407707.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here