काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
केही स्थानीय तथा सुनचाँदी व्यवसायीहरुलाई अपिरिचित व्यक्तिहरुले अल्मल्याउने र सुन चोरेर भाग्ने गरेको सूचनाको आधारमा कपिलवस्तु प्रहरी अनुसन्धानमा खटिएको थियो ।त्यसक्रममा गत चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट पाएको सूचना समेतको आधारमा यही वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जना पुरुषलाई पनि पक्राउ गरिएको हो ।


















