जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

10

 

झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here