काठमाडौं । गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेलले स्वरमा सहकार्य गर्दै गीत ‘घुम्न जाऔँ मायालु’ ल्याएका छन् । रोमान्टिक शैलीमा तयार गीतमा गीता भट्टराईकै शब्द र सरोज विरही कार्कीको सङ्गीत छ ।
गीतको शब्दमा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यहरू जस्तै सारकोट, नगरकोट र सिन्धुलीको कला घर आदिको चर्चा गरिएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ । म्युजिक भिडियोमा कोसर डान्सर समेत प्रयोग गरिएको छ । गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।


















