काठमाडौं । विश्वकप लिग-२ क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले ओमनलाई २ सय ५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी हुँदा २ सय ५६ रनमा अलआउट भएको थियो। नेपालको प्रतिस्पर्धात्मक स्कोरमा आसिफ शेखले ९४ रन बनाउँदा अर्जुन कुमालले ४८ रन बनाए। यी दुइबीच दोस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरे।
यिबाहेक दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा आरिफ शेखले २४ बलमा ४३ रनको इनिङ खेलेका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
ओमनका लागि नदिम खानले ३ विकेट लिंदा सकिल अहमद र हसनइन साहले २-२ विकेट लिए। त्यस्तै जितेन रमानन्दी र अर्यान विसले १-१ विकेट लिए।














