गोल्छालाई अनुसन्धानका लागि म्याद दिन अस्वीकार

10

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ।

अदालतका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतकै आदेश अनुसार धरौटी लिइसकेको र अनुसन्धान गर्नुपर्ने भएमा जमानीमै राखी अनुसन्धान गर्नू भनेर इजलासले भनेको भट्टराईले जानकारी दिए ।

हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्नू भन्ने परमादेश दिएको थियो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार उनीमाथि अनुसन्धान भइरहेको थियो। त्यसकै दफा १०४ (१) ले अनुसन्धान गर्दा जमानत वा धरौटी लिन सक्ने व्यवस्था रहेको देखाउँदै सर्वोच्चले परमादेश जारी गरेको थियो।

सोही अनुसार, सीआईबीले गोल्छासँग ५ लाख रुपैयाँ धरौटीसमेत लिएको थियो। धरौटी लिईसकेपछि बिमा ऐनअनुसार अनुसन्धान गर्न भन्दै प्रहरीले गोल्छालाई हिरासतमै राखेको थियो र आज हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here