कच्चा तेलको भाउ घट्याे

16
Pumping Fuel

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको भाउ घटेको छ । लगानीकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीचको सम्भावित भेटवार्ताले व्यापार र मध्यपूर्वको तनावमा पार्ने प्रभावको प्रतीक्षामा रहँदा तेलको भाउ घटेको हो । उक्त दिन विश्व सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्र्रति ब्यारेल  शून्य दशमलव ७ प्रतिशतले घटेर करिब १०७ अमेरिकी डलरमा पुगेको छ । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि शून्य दशमलव ९ प्रतिशतले घटेर ब्यारेलकै १०१ डलर २ सेन्टमा डलरमा झरेको छ । विश्लेषकहरूका अनुसार लगातार तीन दिनको वृद्धि पछि आएको यो गिरावटले बजारमा “अमेरिका–इरान सम्झौता अझ टाढा गएको” भन्ने चिन्ता झल्काएको छ ।

यसैबिच, अमेरिकी सेयर सूचकाङ्कहरूमा सुधार देखिएको छ । एसएन्ड पी ५०० र नास्डाक कम्पोजिट फ्युचर्सले मजबुत सुरुवात संकेत गरेका छन् ।  भने दाउ जोन्स इन्डष्ट्रियल एभरेज स्थिर देखिएको छ । युरोपेली बजारहरू पनि सामान्य रूपमा बढेका छन् ।बेलायतमा फुट्सी शून्य दशमलव ५१ प्रतिशतले बढेको छ । फ्रान्समा क्याक ४० र जर्मनीमा डीएएक्स पनि शून्य दशमलव शून्य ६ प्रतिशत र शून्य दशमलव ५३ प्रतिशतले बढेका छन् ।

एशियामा दक्षिण कोरियाको कोस्पी सूचकांकले राम्रो प्रदर्शन गरेको छ । केस्पी २ दशमलव ५६ प्रतिशतल बढेको थियो । ताइवानमा ताइवान वेटेडमा १ दमलज २७ प्रतिशतको कमी देखिएको थियो । बुधबार भारत, जापान, चीन, सिंगापुर लगायत यस क्षेत्रका अधिकांश सेयर बजार हरियोमै थिए ।

मध्यपूर्वको जारी तनावले लगानीकर्ताको जोखिम लिन चाहने क्षमतामा दबाब दिएको दोयचे बैंकका विश्लेषकहरूले बताएका छन् । बजार आशावादी तर सतर्क रहेको टिप्पणी गर्दै ट्रम्प–चीन वार्तामा हुने प्रगति नै आगामी बजार दिशाको प्रमुख निर्धारक हुने अनलाइन लगानी प्लेटफर्म हाग्र्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले जनाएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here