काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आज गर्ने भएको छ।
समितिले जारी गरेको सूचनाअनुसार सुनुवाइ आज मंगलबार दिउँसो १ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुनेछ।
संसदीय सुनुवाइ समिति कार्यविधि, २०८३ बमोजिम सुनुवाइ प्रक्रिया अगाडि बढाइएको समितिले जनाएको छ।



















