भरूवा बन्दुक बरामद

1

प्युठान । सरूमारानी गाउँपालिका-५ जसपुरस्थित जसपुर सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यसैगरी प्युठान, मल्लरानी गाउँपालिका-२ काउलेस्थित राजिमे सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here