प्रतिनिधिसभाको बैठक आज पनि जारी

10

काठमाडौं । संघीयल संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि जारी छ। जारी बैठकमा विभिन्न सांसद्हरूले विभिन्न विषय उठाइरहेका छन्।

प्रधानमन्त्री बालेन शाहको सम्बोधनको माग गर्दै केहीदिनयता विरोध गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि विरोध जनाए। उनले केहीदिनयता निरन्तर रुपमा ‘प्ले कार्ड’ बोकेर विरोध जनाइरहेका छन्।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन्।

उनले विशेष समय मागेका एक जना सांसद्‍को नाम गलत उच्चारण गरेका थिए। यस विषयमा पनि केहीबेर संसद्‍मा विरोध भएको थियो।

आजको बैठकमा नाइजेरियन युवती प्रकरणमा विवादित रहेका रास्वपा सांसद् कृष्णकुमार कार्की पनि उपस्थित देखिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here