भरूवा बन्दुक सहित एक जना पक्राउ

2

सर्लाही । बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थान सहित बागमती नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here