सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै प्रदर्शन

3

काठमाडौं । नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको   छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगाएतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन् ।

नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतैपनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको जनाए । उनले प्रधानमन्त्रीले संविधानमा नै उल्लेख नेपालको चूच्चे नक्सालाई नै चूनौति हुने गरि बोलेको उल्लेख गरे ।

उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफुहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here