सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने

4

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ ।

समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बनेकाे छ ।

पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । यस पटक सेमिफाइनलमै यी दुई टोली भेट हुँदा नेपाललाई बदला लिने अवसर छ ।

सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।

यस्तै अर्को सेमिफाइनलमा भारतले भुटानसँग खेल्नेछ ।  समूह ए बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । सेमिफाइनल खेलहरु मंगलबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here