सेयर कारोबार बढ्याे

0

काठमाडाैं । सेयर बजार दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने २२.२१ अंकले बढेको हो ।

आज सेयर बजार परिसूचक २७७७.५८ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् । आज सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.७८ अंकले बढेर ४७३.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्यमा गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here