रविलाई बाजागाजासहित स्वागत

12

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा स्वागत गरिएको छ ।

मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्पवर्षा गरेर स्वागत गरिएको हो। उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायत पदाधिकारीहरूले स्वागत गरेका थिए ।

लामिछानेसहितको प्रतिनिधिमण्डलले मुख्यालयको अवलोकन गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेको बताइएको छ ।

भ्रमणले रास्वपा र भाजपा बीच पार्टी-टू-पार्टी सम्पर्क तथा संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक दृष्टिकोणमा विचार आदान-प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

भाजपाले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादका लागि तयार रहेको जनाएको छ ।

यसअघि ‘भाजपालाई चिन्नुहोस्’ कार्यक्रमअन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाइवाले पनि उपस्थित थिए । भाजपाले लामिछानेको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here