काठमाडौं । सर्वदलीय बैठकमा नेकपा एमालेले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को प्रतिवेदनको विषय उठाएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने, ‘भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन ?’
लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।
दुई वर्ष लगाएर तयार भएको उक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक सम्झौता भइ ईपीजी गठन भएको थियो । ईपीजी गठन गरेकामध्ये कोइरालाको निधन भइसकेको छ । नरेन्द्र मोदी हाल पनि भारतमा प्रधानमन्त्री छन् ।


















