सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप

3

काठमाडाैं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको जनाएका छन्।

सेतोपाटीकाे  आयाेजनामा शुक्रबार काठमाडौंमा गरेको फिनटेक कन्क्लेभमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘नयाँ अभ्यास पनि हुँदैछ, प्रधानमन्त्रीकै कार्यालयमा आइटी विभाग मर्ज हुने भएको छ। त्यहाँ दर्जनौं आइटी क्षेत्रका विज्ञ युवा बसेर नेपाल सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयरहरू आफै बनाउने र दसौं अरबको बचत गर्ने लक्ष्य छ।’

उनले नेपाल सरकारको आफ्नै म्यासेजिङ एप हेर्न पाएको पनि जनाए । ‘नेपाल सरकारको आफ्नै ह्वाट्सएफजस्तो म्यासेजिङ सर्भिस आफैले हेर्न पाएँ, सजिलै स्क्यान गर्न सकिनेजस्ता सुरक्षित छ, डकुमेन्ट सेयर गर्न सकिन्छ, तपाईं हामीले गर्ने संवाद अब विदेशी सर्भरमा गएर बस्दैन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here