भिभोकाे नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक

4

काठमाडौं । आउँदै गरेको फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउन स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियान २५ जेष्ठदेखि २३ असार ( ८ जुनदेखि ७ जुलाई, २०२६) सम्म देशभर सञ्चालन हुनेछ ।

क्याम्पेन अन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदमा तत्कालै आकर्षक उपहार पाउनुका साथै मेगा लक्की ड्रमार्फत विशेष पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ग्रान्ड प्राइजहरूमा भिभो वाई-३१-डी, भिभो भी-७० एफई र ५५ इन्चको स्मार्ट टिभी समावेश गरिएको छ ।

आसन्न फिफा विश्वकप फुटबल हेर्ने ग्राहकहरूको अनुभवलाई अझ उत्कृष्ट र रोमाञ्चक बनाउने उद्देश्यका साथ ५५ इन्चको स्मार्ट टिभीलाई ग्रान्ड प्राइजमा राखिएको कम्पनीको भनाई छ ।

ग्राहकहरूले २५ जेष्ठदेखि असार २३ सम्म आफ्नो नजिकैको आधिकारिक भिभो रिटेल आउटलेटमा गई नयाँ स्मार्टफोन खरिद गरी यस क्याम्पेनमा सहभागी हुन र आकर्षक पुरस्कार जित्ने अवसरको लाभ लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here