भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन माग

2

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता र सम्मानका आधारमा सम्बोधन गर्न संयुक्त अधिराज्य (बेलायत) सरकारसँग आग्रह गर्नुभएको छ।

परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री माननीय जोन हिली तथा भेटेरन (भूतपूर्व सैनिक) तथा जनमन्त्री माननीय लुइस स्यान्डर–जोन्सबिच सोमबार सम्पन्न भर्चुअल बैठकमा सो कुरा उठाइएको हो।

उक्त द्विपक्षीय बैठक मुख्य रूपमा भूतपूर्व ब्रिटिश गोर्खाको लामो समयदेखि थाती रहेका मागहरू र विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित रहेको परराष्ट्रमन्त्री खनालले जानकारी दिनुभयो।

नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धमा गोर्खाले पुर्‍याएको विशिष्ट र महत्त्वपूर्ण योगदानलाई मध्यनजर गर्दै मन्त्री खनालले बेलायत सरकारसमक्ष यी मुद्दाहरूलाई चाँडोभन्दा चाँडो पारस्परिक सहमतिका आधारमा टुङ्गोमा पुर्‍याउन र आवश्यक पहल कदमी लिन जोड दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here