आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

1

 

काठमाडौं, २५ जेठ

सल्यान, कपुरकोट गाउँपालिका-१ चारपाली बस्ने ७० वर्षीया हरीकला घर्तीको घरमा सोमबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल डेरा गरी बस्ने नुवाकोट घर भएकी २६ वर्षीया दिलिसा बोगटीको कोठामा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट घाइते भएकी दिलिसाको बिएण्डबि अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ ।

दोलखा, शैलुङ गाउँपालिका-५ काटाकुटी बस्ने ७२ वर्षीय थल बहादुर कार्कीको गोठमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here