प्रधानमन्त्री दिएकाे अभिव्यक्तिबारे रास्वपाको धारणा माग

1

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भनेर दिएको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न गरेका हुन्।

‘मिति २०८३-२-१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री वाबालेन्द्र शाहले साम्सदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के छ सो सार्वजनिक गरिदिन यसै खुल्ला पत्र मार्फत अनुरोध छ’ साम्पाङले भनेका छन्।

यसअघि श्रम संस्कृतिसहितका विपक्षी दलले प्रधानमन्त्रीले संसदमा आएर उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग गरेपनि उनले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। बरु परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाईबारे स्पष्टीकरण दिएका थिए।

प्रतिक्रि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here