परराष्ट्रमन्त्री चार दिने भ्रमणका लागि आज चीन प्रस्थान गर्ने

4

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकाे छ ।

चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा मन्त्री खनाल बेइजिङ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन् ।

सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here