१५ थान एकनाले भरूवा बन्दुक बरामद

17

प्युठान । सरूमारानी गाउँपालिका-३ हंसपुरस्थित खडक सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १३ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यसैगरी प्युठान, नौबहिनी गाउँपालिका-७ पातचौर पोखरास्थित खोलाको खोल्साबाट एकनाले भरूवा बन्दुक २ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here