गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु

2

झापा । गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।

आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here