महोत्तरी । बलवा नगरपालिका-११ रौजा भगवतीपुरस्थित सडकमा ज.१ च १०९४ नम्बरको पिकअप र म.प्र.०२-००९ प २४४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भंगहा नगरपालिका-१ पश्चिम टोल बस्ने २३ वर्षीय नबिन मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















