अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ        

10

कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here