काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको २०८३ असार १० गते केन्द्रिय सचिवालयको जुम बैठक संयोजक कमरेड लोकनारायण सुबेदीको संयोजकत्वमा बसेकाे छ । बैठकले आवश्यक छलफलगरी निम्नानुसारको निर्णय गरेको सार्वजनिक गरिएको छ
१. कमरेड पुष्पलालको १०२औं जन्म जयन्ति असार १५ गते आ–आफ्नो क्षेत्रका सबै स्तरका पार्टी निकाय र सदस्यहरुले संयुक्त किसिमले बिशेषरुपमा मनाउने र पार्टीलाई सिद्धान्तनिष्ठ, उर्जाशील र सक्रिय तुल्याउन कमरेड पुष्पलालले अघिसारेका राट्रियता, जनतन्त्र, जनजीबिकाका अप्ठेरा अबरोधहरु तोड्न जनएकता र राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन समान बिचारका कम्युनिष्ट शक्ति, समूह र ब्यक्ति ब्यक्तित्वसँगको सहकार्यलाई बिभिन्न किसिमले अघि बढाउन र राष्ट्रिय आन्दोलनलाई सबल तुल्याउन यो जन्म जयन्तिलाई केन्द्रित गर्ने बैकठकले निर्णय गरेकोछ ।
२.पार्टीको सिद्धान्तनिष्ठ एकीकरण र राष्ट्रिय आवश्यकता अनुरुप धु्रबीकरणलाई निरन्तरता दिदै र घनीभूत बनाउदै जाने र मूलभूत राष्ट्रिय मुद्दामा राष्ट्रिय आन्दो्लन बिकसित गर्न पहल गर्न अग्रसर हुने कुरामा पनि बैठकले जोड दिएको छ ।
३..बिश्वमा बढ्दो भू—राजनीतिक टकराव र त्यसको नेपालमा पर्ने अबाञ्छित खतरालाई मध्यनजर गर्दै पार्टील २०११ साल देखिनै उठाउँदै आएको शक्तिशाली छिमेकी र शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गरिनु पर्ने र बिश्वलाई पञ्चशीलको सिद्धान्त दिने बुद्ध जन्मेको देश नेपालाई बिश्व शान्ति प्रबद्र्धन केन्द्रकोरुपमा मान्यता दिइयोस भन्ने जोडदार माग गर्ने समेत निर्णय लिइएको छ ।
४.पार्टीलाई कार्यपद्धति अनुसार अनुशासित र सुचारुरुपमा सञ्चालन गर्न अध्ययनशील, प्रशिक्षित र क्रियाशील तुल्याउन कमरेड पु्ष्पलालको यो १०२औं जन्म जयन्तिका अबसरमा बिशेष जोड दिने र यसलाई नियमित तुल्याउने निर्णय समेत बैठकले गरेको छ ।
लोकनारायण सुबेदी


















