जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

0

बागलुङ । बागलुङ नगरपालिका-३ चिप्लेटी बस्ने ७० वर्षीय मुक्त बहादुर किसानको घरमा जुवातास खेलिरहेको अवस्थामा मुक्त बहादुर समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ८ सय ३५ रूपैयाँ र १ सय ६ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here