आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक

0

काठमाडाैं । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको अवस्था गम्भीर रहेको छ । ५० प्रतिशतभन्दा बढी जलन भएको उनले जनाए ।  यस्तै नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । उनको न्यायका लागि भन्दै मुगुवासीले अहिले साँझ राहदानी विभागअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नाराजडित पप्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरिरहेका छन् । प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here