डिएगो फोर्लान उरुग्वेकाे राष्ट्रिय फुटबल टिम प्रशिक्षक नियुक्त

4

काठमाडौं । उरुग्वेले पूर्व खेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मार्सेलो बिएस्लाले राजीनामा दिँदा उरुग्वे फोर्लानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

फोर्लानले सन् २०१० को फिफा विश्वकपमा गोल्डेन बल अवार्ड जितेका थिए । सन् २००२, २०१० र २०१४ को विश्वकप खेलेका फोर्लानले म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, एट्लेटिको मड्रिड जस्ता चर्चित क्लबहरुबाट समेत खेलेका थिए ।

उरुग्वे फुटबल संघले आइतबार फोर्लानलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । पूर्व प्रशिक्षक फोर्लानलाई प्रशिक्षक बनाउँदै उरुग्वे अब नयाँ फुटबल एरामा प्रवेश गरेको संकेत गरेको छ ।

४७ वर्षीय लेजेन्ड फोर्लानका लागि अब पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर प्रदर्शन गरेको उरुग्वेको लय फर्काउने चुनौती छ ।

दुई पटकको विश्व विजेता उरुग्वे फिफा विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन र नवप्रवेशी केप भर्डेभन्दा पछि रहेको उरुग्वेले दुई बराबरी र एक हारबाट जम्मा २ अंक मात्र जोड्न सक्यो ।

उरुग्वेले साउदी अरेबिया र केप भर्डेसँग बराबरी खेल्दा स्पेनसँग पराजित भएको थियो । विश्वकपमा निराशाजनक प्रदर्शनपछि अर्जेन्टाइन प्रशिक्षक बिएल्साले उरुग्वेको टिम छाडेका हुन् ।

उरुग्वे फुटबल संघले फोर्लानको सुरुवाती सम्झौता २०२७ मार्चसम्म रहने जनाएको छ । उरुग्वे फुटबल संघले फोर्लानको त्यो समयसम्मको प्रदर्शन मुल्याङकन गरेर उनको निरन्तरता दिने वा मुख्य प्रशिक्षक नै नियुक्त गर्ने निर्णय गर्ने जनाएको छ ।

सिनियर टिमसँगै फोर्लानले उरुग्वेको यू-२० टिमको मुख्य प्रशिक्षकको रुपमा पनि काम गर्ने संघले जनाएको छ । उरुग्वे यू२० टिमले सन् २०२७ मा हुने दक्षिण अमेरिकी यू-२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।

उनले यसअघि पेनारोल र अटनेसको मुख्य प्रशिक्षकको रुपमा काम गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here