काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी हुन् ।
स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।


















