श्री परमेश्वरी सेवा केन्द्रले साउन १३ गते स्वास्थ्य शिविर सञ्चालन गर्ने

3

काठमाडाैं । श्री परमेश्वरी सेवा केन्द्रले साउन १३ गते  गुरु पूर्णिमा महोत्सवको अवसरमा स्वास्थ्य शिविरलगायतका गतिविधि सञ्चालन गर्ने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा ‘अघोर’ परमपराको बारे भ्रामक दृष्टिकोण रहेकोसमेत जनाएको छ ।

केन्द्रका अध्यक्ष अघोर शिवराम बाबाले साउन १३ गते गुरु पूर्णिमाको अवसरमा आफूहरुले स्वास्थ्य शिविरका साथै विद्यालय स्तरीय वक्तृत्वकलाको आयोजना गर्ने पनि जनाएका छन् । सोही अवसरमा चन्द्रागिरी–८ स्थिति सुधर्मा आश्रम परिसरमा निर्माणाधीन शिवशक्ति पीठ मन्दिरको बारेमा जानकारीसमेत दिए ।

बाबाले पशुपतिनाथको दक्षिण मुख नै अघोर भएको जनाउँदै भने,“आर्य सनातनको गुरु–शिष्य परमपरा मानव समाजको लागि अपरिहार्य छ, यसलाई वर्तमान युवा पिँडीले अनुशरण गरेर चल्दा मात्रै नेपाल र सम्पूर्ण मानव जगतको हित हुन्छ ।”

“राष्ट्र नै सबैभन्दा ठूलो धर्म हो, देशका सबै नागरिकहरुमाथि राष्ट्र ऋण हुन्छ र सोही ऋण चुक्ता गर्न हामी सबैले राष्ट्रको लागि के गर्दैछौं ? भनेर आफैलाई प्रश्न गर्ने बेला आइसकेको छ” बाबाले भने ।
अघोर परम्परामाथि नेपाली समाजमा गलत तथा भ्रामक बुझाई रहेको र यसको वास्तविकता ठिक उल्टो भएको बताउँदै बाबाले भने,“अघोर अर्थातः सरल, सौम्य, सहज जुन जटिल वा कठिन छैन, यो बुझ्न जरुरी छ ।”

अघोर सम्बन्धिको गलत दृष्टिकोणमा जकडिएको मानसिकता चिर्नु आवश्यक रहेको बताउँदै बाबाले भने,“अघोरी बाबा भन्नेवित्तिकै लामा–लामा दारी पालेको, मन्छेको मासु खाने, तन्त्र–मन्त्र–जादुटुना गर्ने, जटाधारी, फोहोरी तथा डरलाग्दो भेष–भूषा धारण गर्ने व्यक्ती नै ‘अघोरी बाबा’ हो भन्ने बुझाईमा सत्यता छैन् ।”

“यथार्थमा अघोर त शिव, सत्य, ज्ञान, आत्म उद्दार र मनुस्यताको मार्ग हो” बाबाले थपे । आफूहरुले मानव समाजमा रहेर गुरुको निर्देशनमा एक असल मनुस्य बनी राष्ट्र सेवा, मानवताको सेवा र मानवीय सन्देश फैलाउँदै आफ्नो आत्म उत्थानमा लाग्नु नै अघोरको मूल धेय भएको बाबाले बताए ।

कार्यक्रममा संस्थाका संरक्षक सदस्यहरु नरबहादुर कार्की र सरोज रेग्मीले नेपाली समाज आयातित धर्म, संस्कार र संस्कृतिको अन्धाधुन्ध अनुसारण गरेर नेपाली कुल, परम्परा र मौलिकता मासिदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

संस्थाका सदस्य दीपेन्द्र न्यौपानेले आउँदो साउन १३ गते काठमाडौंको चन्द्रागिरी नगारपालिका–८, ढाक्सीस्थिति ‘सुधर्मा आश्रम’मा गुरुपूर्णीमा महोत्सवको आयोजना हुने कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here